दमक । झापाको दमक ३ स्थित प्रस्तावित मदन भडारी अन्तर्राष्ट्रिय रंगशालामा आजदेखि दमक गोल्डकप सुरु हुँदैछ । उद्घाटन खेलमा सर्लाहीको बागमती युवा क्लब र आयोजक दमक भिड्दैछन् ।
दमक नगरपालिकाको नगर खेलकुद विकास समितिले आयोजना गरेको गोल्डकपमा चार विदेशी टोलीसहित दश टिमको सहभागिता रहेको छ । प्रतियोगितामा साविक विजेता नेपाल पुलिस क्बल, त्रिभुवन आर्मी फुटबल क्लब, मनाङ मस्र्याङ्दी फुटबल क्लब, आयोजक दमक ११, बागमती युथ क्लब, गोर्खा ब्वाइज पुलिस क्लब भारत, मानेभञ्ज्याङ फुटबल क्लब दार्जीलिङ, दुर्गापुर सन्डे क्बल कोलाकात्ता, एभनिर फुटबल क्लब क्यामरुनको सहभागिता रहेको खेल संयोजक मोहन मगरले जानकारी दिए ।
प्रतियोगिताका लागि मैदान सम्याउने, प्याराफिट निर्माण लगायतको काम सकिएको दमक नगर खेलकुद विकास समितिका अध्यक्ष भीमराज चौलागाईले जानकारी दिए । पाँच हजारदेखि सात हजार दर्शक अँट्ने प्यारापिट निर्माण गरिएको छ ।
प्रतियोगिताको उद्घाटन प्रदेश सांसद अर्जुन राईले गर्नेछन् भने समापन पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको अध्यक्ष चम्लागाईंले जानकारी दिए ।
प्रतियोगिताको विजेताले १३ लाख ११ हजार र उपविजेताले ६ लाख ११ रुपैयाँ नगद प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल दिइने अध्यक्ष चम्लागाईंले जानकारी दिए । सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवाड र प्रशिक्षकले नगद २१ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

प्रतिक्रिया