Pura Samachar

बागमती क्लब सर्लाही दमक गोल्डकपको क्वाटरफाइनलमा प्रवेश

प्रकाशित: March 23, 2022
पूरा समाचार

बागमती क्लब सर्लाही दमक गोल्डकपको क्वाटरफाइनलमा प्रवेश

इलाम । आयोजक दमक–११ लाई १–० गोल अन्तरले हराउँदै बागमती क्लब सर्लाही दोश्रो संस्करणको दमक गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बागमतीका लागि खेलको ८८ औँ मिनेटमा अनिल राना मगरले पेनाल्टी मार्फत निर्णायक गोल गरे । जोमाउलमाथि दमकका खेलाडीले डिबक्समा फाउल गरेपछि बागमतीले पेनाल्टी पाएको थियो ।

पेनाल्टीको सदुपयोग गर्दै बागमतीले विजयी सुरुवात गरेको हो । घरेलु दर्शकको साथ पाएको दमकले स्कोर निकाल्न नसक्दा पराजित हुन पुग्यो ।

खेलको म्यान अफ द म्याच विजयी टोलीका गोलरक्षक मनोज प्रधान घोषित भए । उनले दश हजार नगद पुरस्कार प्राप्त गरे ।

प्रतियोगितामा चारवटा विदेशी टोलीसहित दश टोलीको सहभागिता छ । बिहीबारको खेल दुर्गापुर सन्डे कोलाकाता र गोर्खा ब्वाइर्ज रुपन्देहीबीच खेल हुनेछ ।

प्रतियोगिताको विजेताले १३ लाख ११ हजार र उपविजेताले ६ लाख ११ रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल दिइने  खेल संयोजक मोहन मगरले जानकारी दिए ।

सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवाड र प्रशिक्षकले नगद २१ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन प्रदेशसभा सदस्य अर्जुन राईले गरेका थिए । दमक नगरपालिकाको खेलकुद विकास समितिको आयोजनामा प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा जारी प्रतियोगिता चैत्र १८ गतेसम्म चल्नेछ ।

प्रतियोगिताको समापन पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया