Pura Samachar

राडारमा आएको खराबीका कारण आज बिहानैबाट आन्तरिक तथा बाह्य दुवै तर्फका उडान प्रभावित

प्रकाशित: March 24, 2022
पूरा समाचार

राडारमा आएको खराबीका कारण आज बिहानैबाट आन्तरिक तथा बाह्य दुवै तर्फका उडान प्रभावित

काठमाडौं । त्रिभुवन विमानस्थलको सूचना प्रणाली तथा राडारमा आएको खराबीका कारण आज बिहानैबाट आन्तरिक तथा बाह्य दुवै तर्फका उडान प्रभावित बनेका छन् ।

प्राविधिक खराबी देखिएपछि आज बिहानका लागि निर्धारित विभिन्न सेक्टरका उडान रद्द भएका छन् । यति एयरलाइन्सका अनुसार पोखरा, भैरहवा र विराटनगरका लागि निर्धारित तीन उडान रद्द भइसकेको छ । अन्य उडानहरू डिले भएको छ । अहिले त्रिभुवन विमानस्थलले प्रत्येक १५ मिनेटमा एक उडान वा अवतरण गर्न सकिने गरी प्रणाली चलाइरहेको छ । सामान्य अवस्थामा २–३ मिनेटकै अन्तरमा उडान/अवतरण हुने गर्छ ।

संचार उपकरण भएको विल्डिङमा पानी लिकेज भएर प्रणालीहरुमा खराबी आएको बताइएको छ । विमानस्थलमा समस्या आएपछि आज बिहानै प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहितको टोलीले अनुगमनसमेत गरेको छ ।

उता वायुसेवा कम्पनीहरूले भने जहाज उडानमा ढिलाइले उडानहरू प्रभावित भएको भन्दै यात्रुलाई फोन गरेर निर्धारित समयमा मात्र विमानस्थलमा जान अनुरोध गरेका छन् ।

प्रतिक्रिया