Pura Samachar

थप ३५ जनामा संक्रमण पुष्टि,२६६ जना संक्रमित निको

प्रकाशित: March 24, 2022
पूरा समाचार

थप ३५ जनामा संक्रमण पुष्टि,२६६ जना संक्रमित निको

देशभर थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार थप ३५ जनामा संक्रमण पुष्टि भएको हो। ५ हजार २६८ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

३ हजार ८८१ जनाको पिसिआर गर्दा ३२ र १ हजार ३८७ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै देशभर २ हजार २१९ जना सक्रिय संक्रमित छन्।

२६६ जना संक्रमित निको समेत भएका छन्। यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

प्रतिक्रिया