Pura Samachar

एक दर्जन बढी सहसचिवको सरुवा

प्रकाशित: March 24, 2022
पूरा समाचार

एक दर्जन बढी सहसचिवको सरुवा

काठमाडौँ । एक दर्जन बढी सहसचिवको सरुवा गरिएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले बिहीबार अतिरिक्त समूहमा रहेका दर्जन बढीको पदस्थापनसहित अन्य मन्त्रालय तथा प्रदेशका सहसचिवहरुको सरुवा गरेका हुन् ।

जसमध्ये अतिरिक्तमै रहेका तीन सहसचिवलाई अस्ति नै अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाई सकिएको छ भने बाँकी र अन्य मन्त्रालयका सहसचिवहरुलाईसमेत सरुवा गरिएको छ । आयोगले मागेका सहसचिवहरूमा नरहरि घिमिरे, तीर्थ सिलवाल र पार्वती शर्मा रहेका छन् ।

प्रशासन सिंहदरबार ब्युरोलाई प्राप्त सुचीअनुसार मन्त्रालयको अतिरिक्त समूहका दीपक लामिछानेलाई सामाजिक विकास मन्त्रालय सुदूर पश्चिममा सरुवा गरिएको छ भने त्यहाँकी सचिव रिता भण्डारी जोशीलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा तानिएको छ । उनलाई कानूनविपरित प्रदेश सचिव खटाएको समाचार प्रशासन डटकमले प्रकाशित गरेको थियो ।

शशिधर घिमिरेलाई अतिरिक्त समूहबाट प्रदेश लोक सेवा आयोग लुम्बिनी, प्रदेश, राष्ट्रिय कितावखानाका दीपक घिमिरेलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा तान्दै त्यहाँ सङ्गीता ओझालाई पठाइएको छ ।

यसैगरी मन्त्रालयको अतिरिक्त समूहमा रहेकी सुशीला अर्याललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल, कमल राज ढकाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आन्तरिक मामिला मन्त्रालय सुदूर पश्चिम प्रदेश, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सहसचिव चन्द्रकला पौडेललाई सत्य निरूपण तथा मेलमिलाप आयोगमा पुर्‍याइएको छ ।

सहसचिव दिनेश सागर भुसाललाई कानुन, महिला तथा बालबालिका मन्त्रालय लुम्बिनीको सचिवमा पठाइएको छ ।

अतिरिक्तमा रहेका दिवस आचार्यलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, प्रेम प्रसाद आचार्य अतिरिक्तबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेत, टेक बहादुर केसी अतिरिक्तबाट गृह मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव महेश बराल भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेका छन् ।

प्रतिक्रिया