
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बोलाएको जिल्ला सभापतिहरूको भेला आज हुँदै छ । आज बिहान ९ बजे काठमाडौंमा हुने गरी भेला बोलाइएको हो ।
१४औँ महाधिवेशनको प्रक्रियामा सहभागी नभएपछि गुटगत भेलामा सहभागी नभएका पौडेलले महाधिवेशनको चार महिनापछि जिल्ला सभापतिहरूलाई डाकेका हुन् ।
संस्थापनइतर पक्षका नेता पौडेल सभापतिमा आफ्नै गुटका नेताहरूले अघि नसारेपछि महाधिवेशनको प्रक्रियामा सहभागी नहुने बताएर घरमै बसेका थिए । त्यसयता संस्थापनइतर पक्षको भेलामा पौडेल बोलाइँदैनन् र सहभागी पनि हुँदैनन् ।
प्रतिक्रिया