
शुक्रबार सुनको मूल्यमा वृद्धि भएको छ। बिहीबारको तुलनामा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँ बढेको हो। सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला १ लाख ३ सय रुपैयाँ प्रतितोलामा कारोबार भएकोमा आज १ लाख ९ सय रुपैयाँ कायम भएको हो।
त्यस्तै तेजावी सुन भने आज प्रतितोला १ लाख ४ सय रुपैयाँ कायम भएको छ।
चाँदीको मूल्य समेत वृद्धि भएको महासंघले जनाएको छ।बिहीबार प्रतितोला १३७५ रुपैयाँमा कारोबार भएकोमा आज १४ सय रुपैयाँ कायम भएको हो।
प्रतिक्रिया