Pura Samachar

इजिप्टले सेनेगलमाथि १–० गोल अन्तरको जित

प्रकाशित: March 26, 2022
पूरा समाचार

इजिप्टले सेनेगलमाथि १–० गोल अन्तरको जित

फिफा विश्वकप २०२२ को अफ्रिकी छनोटअन्तर्गत शुक्रबार राति भएको तेस्रो चरणको पहिलो लेगको खेलमा इजिप्टले सेनेगलमाथि १–० गोल अन्तरको जित हात पारेको छ।खेलको चौथो मिनेटमा नै आत्मघाती गोलको सहयोगमा इजिप्टले अग्रता लिएको थियो। त्यसपछि खेलमा थप गोल हुन सकेन र इजिप्ट १–० विजयी भएको हो।

घरेलु मैदानमा हात पारेको यो जितको नतिजालाई दोस्रो लेगको खेलमा पनि बचाइराख्न सकेको खण्डमा इजिप्ट विश्वकपमा पुग्नेछ।

दोस्रो लेगको खेल मंगलबार सेनेगलमा हुनेछ।यसअघि अफ्रिका कप अफ नेसन्सको फाइनलमा पनि यी दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा पेनाल्टी सुटआउटमा सेनेगलले बाजी मारेको थियो।

प्रतिक्रिया