Pura Samachar

२४ घन्टामा थप २३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि,२१५ जना संक्रमित निको

प्रकाशित: March 27, 2022
पूरा समाचार

२४ घन्टामा थप २३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि,२१५ जना संक्रमित निको

 

नेपालमा पछिल्लो  २४ घन्टामा थप २३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता संगीता मिश्राका अनुसार आइतबार २३ जनामा संक्रमण पुष्टि भएको हो।

५ हजार २२२ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

मिश्राका अनुसार ३ हजार ७८० जनाको पिसिआर र १ हजार ४४२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

अहिले देशभर १ हजार ५५८ जना सक्रिय संक्रमित छन्।

२१५ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

प्रतिक्रिया