Pura Samachar

आइपिएलमाआज दुई नयाँ टोली गुजरात टाइटन्स र लखनऊ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा

प्रकाशित: March 28, 2022
पूरा समाचार

आइपिएलमाआज दुई नयाँ टोली गुजरात टाइटन्स र लखनऊ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को चौथो खेलमा आज दुई नयाँ टोली गुजरात टाइटन्स र लखनऊ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा वानखडे स्टेडियम मुम्बईमा सुरुहुनेछ ।लखनऊको भारतीय क्रिकेट टोलीका ओपनर लोकेश राहुल र गुजरातको अलराउन्डर हार्दिक पान्ड्याले कप्तानी गर्नेछन् । हार्दिकले आइपिएलमा पहिलो पटक कप्तानी गर्दैछन् । यसअघि पान्ड्याले मुम्बई इन्डियन्सबाट आइपिएल खेल्दै उत्कृष्ट प्रदर्शन गरेका थिए । तर पछिल्लो समय पान्ड्या भारतीय टोलीमा पनि पर्न संघर्ष गर्दै आएका छन् । उनको कप्तानी र प्रदर्शन दुबै महत्वपूर्ण हुनेछ ।

राहुलले पन्जाब किंग्सबाट तीन संस्करण कप्तानी गरेका थिए । राहुलले तीनै संस्करणमा उत्कृष्ट प्रदर्शन गरेपनि अन्य खेलाडीको राम्रो साथ पाउन नसक्दा उपाधि जिताउन सकेनन् । लखनऊमा अलराउन्डरको बाहुल्यता छ ।

लखनऊको ओपनिङ लोकेश राहुल र क्विन्टन डककले गर्ने सम्भावना छ । अष्ट्रेलिया स्टार अलराउन्डर मार्कस स्टोइनिस भने सुरुवाती खेलमा पाकिस्तानसँगको ओडिआई सिरिजको कारण उपलब्ध हुने छैनन् । उनी नहुँदा एविन लुइसले ब्याटिङ गर्ने सम्भावना छ । मनिष पाण्डे, दीपक हुडा, क्रुनाल पान्ड्या हुनेछन् ।

इंग्ल्यान्डसँगको टेस्ट सिरिज आइतबार सकिएको हुँदा जेसन होल्डर र काइल मेयर्सले पहिलो खेल गुमाउने छन् । लखनऊले विदेशी खेलाडीमा जिम्बावेका ब्लेसिङ मुर्जाबानी, एविन लेविस, दुश्मन्था चामिरा र डि ककको सम्भावना छ । आवेश खान, मुर्जाबानी र चामिरा तीव्र गतिका बलिङ हतियार हुन् । स्पिनरमा रवि विश्रोई र क्रुनाल पान्ड्या रहनेछन् । लोेकेश राहुल प्रमुख हतियार हुन् ।

गुजरातको ओपनिङ सुभमन गिल र म्याथ्यु वेडले ओपनिङ गर्नसक्छन् । रहमानउल्लाह गुरबाज, विजय शंकर, डेविड मिलर, अभिनभ मनोहर मध्यक्रमका हतियार हुन् । हार्दिक पान्ड्या र राहुल टेवाटिया फिनिसर हुन् । यी दुई अलराउन्डरको प्रदर्शन महत्वपूर्ण हुनेछ ।

स्पिनर राशिद खान छन् । लोकी फर्गुसन र मोहम्मद शामी तीव्र गतिका बलिङ हतियार हुन् । हार्दिक, फर्गुसन र राशिद खान गुजरातका प्रमुख हतियार हुन् । आइतबार राती पन्जाब किंग्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ५ विकेटले हराएको थियो ।

प्रतिक्रिया