
काठमाडाैं । भारतमा आगामी मध्ये जुन (जेठको अन्त्यतिर) तिर कोरोनाको चौथो लहर फैलने सक्ने आँकलन विज्ञहरूले गरेका छन् । भारतामा हुने जुनसुकै घटनाको असर नेपालमा पर्ने भएकाले नेपालमा पनि आगामि जेठमा कोरोनाको चौथो लहर आउन सक्ने स्वास्थ्य विज्ञले अनुमान गरेका छन् ।
तेस्राे लहरले धेरैमा संक्रमण गरेपनि घातक परिणाम नदेखाएकाे नेपालमा चाैथाे लहरले कस्ताे परिणाम ल्याउँछ त्याे भने हेर्न बाँकी छ । तर स्वास्थय विज्ञहरूका अनुसार काेराेना भाइरसले रूप परिवर्तन गरी शक्तिशाली रूपमा देखा पर्न पनि सक्छ । पहिलाे लहरभन्दा दाेस्राे शक्तिशाली र दाेस्राे भन्दा तेस्राे कम शक्तिशाली देखिएकाे काेराेना चाैथा लहरमा निकै शक्तिशाली भएर देखा पर्न पनि सक्ने विज्ञहरूले अनुमान गरेका हुन् ।
कोरोना संक्रमण घट्दै गर्दा भारत सरकारले मार्च ३१ देखि सबै खालका प्रतिबन्ध हटाउने घोषणा गरिसकेको छ । मानिसहरु सामान्य जीवनमा फर्किएसँगै जुन महिनाको दोस्रो साताबाट चौथो लहर शुरु हुने आइआइटी कानपुरका विज्ञको भनाइ उद्रित गर्दै भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् ।
चीन, बेलायत, दक्षिण कोरिया, अमेरिकासहितका केही देशमा भने अझै कोरोना संक्रमण दर घटेको छैन । यहीकारण पनि भारतमा ढिलो, चाँडो कोरोनाको अर्को लहर सुरु हुने अनुमान गरिएको हो ।
विज्ञहरुले ठूलो संख्यामा मानिसहरुले कोरोनाको खोप लगाएको र प्रतिरोधी प्रणाली पनि विकसित भइसकेकाले अब आउने चौथो लहरले त्यति ठूलो प्रभाव नपार्ने बताएका छन्। यद्यपि कोरोना अझै नसकिएकाले सकेसम्म सुरक्षित रहन भने उनीहरुले आग्रह गरेका छन् ।
प्रतिक्रिया