Pura Samachar

२४ घन्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,३१९ जना संक्रमित निको,मृत्यु हुनेको संख्या शून्य

प्रकाशित: March 28, 2022
पूरा समाचार

२४ घन्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,३१९ जना संक्रमित निको,मृत्यु हुनेको संख्या शून्य

नेपालमा पछिल्लो  २४ घन्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार २१ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार ६ हजार ३०९ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

५ हजार १५२ जनाको पिसिआर र १ हजार १५७ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

अहिले देशभर १ हजार २५४ जना सक्रिय संक्रमित छन्।

३१९ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

प्रतिक्रिया