Pura Samachar

सर्लाहीमा माेटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

प्रकाशित: March 29, 2022
पूरा समाचार

सर्लाहीमा माेटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

सर्लाही : सर्लाहीको कबिलासी-१०,सलेमपुरमा माेटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

कबिलासी नगरपालिका-१०, सलेमपुर स्थित मंलगवाबाट बरहथवा जाने क्रममा दिउँसाे करिब साँढे १ बजे प्रदेश-२-०३-०१८ प. ९६८३ नम्बरको माेटरसाईकल अनियन्त्रीत भई सडक छेउको पोलमा ठोक्किँदा मलंगवा नगरपालिका-३ निवासी मोटरसाइकल चालक २७ वर्षीय तौखिन मिकरानीको मृत्यु भएकाे हाे।

दुर्घटनामा परि गम्भीर घाईते मिकरानीकाे प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ।

माेटरसाईकलको पछाडि सवार मलंगवा-३ निवासी २६ वर्षीय मकबुल लहरी सफि गम्भीर घाईते भएका थिए। घाइते सफिको स्थानीय अस्पतालमा सामान्य उपचार पश्चात् थप उपचारका लागि वीरगञ्ज लैजादैँ गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया