Pura Samachar

६ जना प्रहरी उपरीक्षक (एसपी) को सरूवा

प्रकाशित: March 29, 2022
पूरा समाचार

६ जना प्रहरी उपरीक्षक (एसपी) को सरूवा

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ६ जना प्रहरी उपरीक्षक (एसपी) को सरूवा गरेको छ। प्रहरी हेडक्वाटरले सोमबार ६ जनालाई विभिन्न जिल्लामा सरुवा गरेको हो ।

बागमती प्रदेश कार्यालयमा रहेका एसपी रामेश्वरप्रसाद यादवलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक पठाइएको छ भने सिन्धुपाल्चोकमा एसपी राजन अधिकारीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालमा ल्याइएको छ।

यस्तै, काठमाडौं उपत्यका प्रहरी कार्यालयका शान्तिराज कोइरालालाई जिल्ला प्रहरी कार्यालय मोरङमा सरुवा गरिएको छ भने मोरङका एसपी जनार्दन जिसीलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा ल्याइएको छ।

गण्डकी प्रदेश मुख्यालय कास्कीमा रहेका ऋषिराम कँडेललाई पश्चिम नवलपरासीको प्रहरी प्रमुखमा काज सरूवा गरिएको हो।

पश्चिम नवलपरासीमा रहेका मनोजकुमार यादवलाई गण्डकी प्रदेश गण मुख्यालय पोखरा पठाइएको छ ।

प्रतिक्रिया