Pura Samachar

लोसपा कार्यकारिणी समितिको बैठक भोलि बोलायो

प्रकाशित: March 29, 2022
पूरा समाचार

लोसपा कार्यकारिणी समितिको बैठक भोलि बोलायो

काठमाडौँ १५ चैत्र । लोकतान्त्रिक समाजवादी पार्टीले पहिलो पटक केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । बबरमहलस्थित लोसपा केन्द्रीय कार्यालयमा भोलिका लागि बोलाइएको पहिलो कार्यकारिणी समितिको बैठकले स्थानीय तहको निर्वाचन, पार्टीको आन्तरिक संगठन र चुनावी गठबन्धनलगायतका बारेमा छलफल गर्नेछ ।

‘पार्टी स्थापना भएपछि पहिलो पटक कार्यकारिणी समितिको बैठक बोलाइएको छ, सो बैठकले स्थानीय तहको निर्वाचनदेखि अन्य समसामयिक राजनीतिक विषयमा छलफल गर्नेछ,’ सदस्य केशव झाले भने । उनका अनुसार देश भरीको रिर्पो‍ट संकलन गरेर आएका २८ जना नेताले बैठकमा आफ्नो धारणा राख्नेछन् ।

प्रतिक्रिया