Pura Samachar

काउन्टर ब्लोकेडले समानको दामले अकाश छोयो

प्रकाशित: March 29, 2022
पूरा समाचार

काउन्टर ब्लोकेडले समानको दामले अकाश छोयो

 

डा. हरिमोहन पोखरेल

कोहिमा /गतः केही दिन अगाडिबाट नागालैंड र मणिपुरको सीमा क्षेत्रमा चली रहेको बंदको प्रभाव भने नागालैंडमा पनि नपरेको होइन ।
साउदन अंगामी पीपुल्स ओरगनाइजेशन (सापो )ले मणिपुर र नागालैंडको सीमान्त क्षेत्रमा गरेको बन्दले मणिपुरमा र नागालैंडमा सामानको मूल्यले भने आकाश छोएको छ ।
नागालैंडमा भने पेट्रोलियम पदार्थको कमी लगायत अन्य खाने -पीउनेको सामानहरूको दाम पनि बढेको छ ।त्यसरी नै मणिपुरमा पनि पेट्रोलियम पदार्थको आपूर्ति नभएकोले गर्दा यात्रु सवारीहरू पनि कम्तिमा देखा परेको खबर प्राप्त भएको छ ।
प्राप्त समाचार अनुसार उक्त बन्दको प्रभावले आगामी दिनहरूमा यहाँ रोजमर्राको सर -सामान पाइन नसकिने स्थिति देखा परेको छ ।
यसको साथै मणिपुर-नागालैड तनाव बीचमा अल असम मणिपुरी युथ एसोसिएशन (AAMYA ) ले नागालैंडले मणिपुरमा सामानहरूको ढुवानी बंद गरे बापत काउन्टर ब्लोकेड हिजोबाट शुरू गरेको छ ।जसले गर्दा नागालैंडमा भने सुँगुर र अन्य मासु संबंधित सामाग्री पाउन छोडेको छ भने भोलि गएर अन्य सामग्रीहरू पनि पाइने कम संभावना देखिएको छ भने आम जनताको लागि भोलि गएर नागालैंडमा भने त्राहिमाम -त्राहिमामत्राहिमामको स्थिति हुनु कुनै नौलो कुरा होइन ।
हेर्दै जाउ कहिले सम्म यो स्थिति बनिने हो ।त्यो त आउने भविष्य नै बताउला ।

प्रतिक्रिया