Pura Samachar

ब्राजिलकाे फराकिलो जित

प्रकाशित: March 30, 2022
पूरा समाचार

ब्राजिलकाे फराकिलो जित

काठमाडौं । फिफा विश्वकप छनोटमा ब्राजिलले फराकिलो जित निकालेको छ ।

दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा ब्राजिलले बोलिभियालाई ४-० गोल अन्तरले हराएको हो।

ब्राजिललाई जित दिलाउन रिचार्लिसनले दुई गोल गरे ।  लुकास पाक्वेटा र ब्रुनो गुइमारेसले एक एक गोल थपे ।

खेलको २४ औं मिनेटमा लुकासले गोल गर्दै ब्राजिललाई सुरुआती अग्रता दिलाएका थिए ।

४५ औं मिनेटमा रिचार्लिसनले गोल गर्दै टोलीको अग्रता २-० को बनाए ।

खेलको ६६ औं मिनेटमा ब्रुनोले गोल गरेपछि ब्राजिलको अग्रता तेब्बर बन्यो ।

त्यसपछि खेलको इन्जुरी समयमा रिचार्लिसनले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई ४-० को जित दिलाए ।

जितसँगै ब्राजिलले १७ खेलमा ४५ अंक जोडेको छ ।

ब्राजिल दक्षिण अमेरिकी छनोटको शीर्ष स्थानमा रहेको छ ।

ब्राजिलले यस अघि नै विश्वकपमा स्थान पक्का गरिसकेको छ ।

बोलिभिया १५ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

अर्को खेलमा पेरुले पाराग्वेलाई २-० ले हराएको छ ।

उरुग्वेले चिलीलाई २-० ले नै हराएको छ ।

कोलम्बियाले भेनेजुएलामाथि १-० को जित निकालेको छ ।

प्रतिक्रिया