Pura Samachar

सर्लाहीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु ,५ जना घाइते ,मकवानपुर बसको ठक्करबाट पैदलयात्री पुरुषको मृत्यु

प्रकाशित: March 31, 2022
पूरा समाचार

सर्लाहीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु ,५ जना घाइते ,मकवानपुर बसको ठक्करबाट पैदलयात्री पुरुषको मृत्यु

काठमाडौं । सर्लाहीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने कारमा सवार ५ जना घाइते भएका छन् ।

बुधबार राति लालबन्दी नगरपालिका–१७ कालिनजोर पुलनजिक पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको बि आर ०६ बि एम १५३७ नम्बरको भारतीय कार अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा कारका चालक भारतको सीतामढी बयलडाबड धनुषी–२ का २२ वर्षीय नवीन यादवको मृत्यु भएको हो । गम्भीर घाइते भएका यादवको उपचारको क्रममा स्थानीय गढीमाई अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

घाइते सबै सोही स्थानका रहेको र उनीहरुको लालबन्दी स्थित गढीमाई अस्पतालमा उपचार भइरहेको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहीबार बिहानै बसको ठक्करबाट पैदलयात्री पुरुषको मृत्यु भएको छ ।

बिहान सवा ४ बजे बागमती प्रदेश ०३–००१ ख १३६५ नम्बरको बसले ठक्कर दिँदा अन्दाजी ४० वर्षीय पुरुषको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल हेटौडामा मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने बस सहित चालक इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया