Pura Samachar

पाकिस्तानलेअष्ट्रेलियालाई हरायाे

प्रकाशित: April 1, 2022
पूरा समाचार

पाकिस्तानलेअष्ट्रेलियालाई हरायाे

काठमाडौं । पाकिस्तानले दोस्रो एकदिवसीयमा पाहुना टोली अष्ट्रेलियालाई हराएको छ ।

लाहोरमा बिहीबार राति पाकिस्तानले अष्ट्रेलियालाई ६ विकेटले हराएको हो ।

यस जितसँगै तीन खेलको सिरिजमा पाकिस्तानले १-१ को बराबरी गरेको छ ।

पहिलो खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ८८ रनले हराएको थियो ।

अष्ट्रेलियाले दिएको ३ सय ४९ रनको लक्ष्य पाकिस्तानले ४९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

पाकिस्तानका कप्तान बाबर आजमले १ सय १४ रनको शतकीय इनिङ खेले । यस्तै इमाम उल हकले १ सय ६ रन शतकीय इनिङ खेले । फखर जमान ६७ रनमा आउट भए ।

अष्ट्रेलियाका एडम जाम्पाले २ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ८  विकेट गुमाएर ३ सय ४८ रन बनाएको थियो ।

अष्ट्रेलियाका बेन म्याकडेरमोटले १ सय ४ रनको शतकीय इनिङ खेले ।

टार्भिस हेडले ८६ रन जोड्दा मार्नुसले ५९ रन बनाए ।

पाकिस्तानका शाहिन शाह अफ्रिदीले ४ तथा मोहमद वासिमले २ विकेट लिए ।

प्रतिक्रिया