Pura Samachar

एमालेसँग कांग्रेस यति धेरै डराउनुका कारण

प्रकाशित: April 1, 2022
पूरा समाचार

एमालेसँग कांग्रेस यति धेरै डराउनुका कारण

      डा. डी .आर उपाध्याय                                                             सिद्धान्तहीन तालमेलले कांग्रेसलाई फाइदा गदैन घाटा नै हुन्छ । काँग्रेस गठबन्धनको सिकार बन्दै छ । अझै पनि समय छ , कांग्रेसले पूनः बिचार गरेर चुनावमा जानु पर्छ । सत्ता गठबन्धनका दलहरू स्थानीय निर्वाचनमा प्रजातान्त्रिक मूल्य–मान्यताविपरीत तालमेलको प्रयास गर्दै छन । तालमेलको चुनावले कमजोर पार्टीलाई केही सिट त जिताउला तर देशको भबिश्य अबश्य बनाउन सक्दैन । देशको उन्नति, राजनीतिक स्थायित्व र प्रजातन्त्रलाई बलियो बनाउ प्रतिस्प्रर्धाको राजनीति जरुरी हुन्छ ।

नेपाली कांग्रसले औपचारिक रुपमै गठबन्धन सरकारमा सहभागी भएका दलहरु बीच चुनावी तालमेल गरेर जाने निर्णय गरेको छ । अहिलेको अबस्थामा बाम पन्थि शक्ति कमजोर भइरहेको बेला पनि किन कांग्रेस एक्लै स्थानीय चुनावमा भिडन सकेन ? यो बेला काँग्रेसले एक्लै चुनाव लडने आँट गर्नु पर्दथ्यो । शेखर कोइराला समूहले पार्टी भित्र एक्लै चुनावमा भिडनु पर्ने माग राख्दै आएको थियो तर प्रधानमन्त्री तथा पार्टी सभापति शेर बहादुर देउवाले तालमेल गरेर चुनावमा जाने निर्णय गराउनु भयो ।

देउवा एमाले सँग चुनाव लडन डराए जस्तो देखिन्छ । एमाले फुटेर गएको अबस्थामा पनि कांग्रेस एक्लै चुनावमा जान नसक्नु ठूलो कमजोरी हो । प्रचण्ड, माधब, उपेन्द्रलाई काँधमा राखेर कति दिन राजनीति गर्ने ? लोकतन्त्रमा प्रतिस्प्रर्धाको राजनीति हुन्छ । मिलेर, गठबन्धन गरेर चुनाव जित्ने र मिलेर सत्तामा जाने यो खेलले देशको भाग्य र भबिश्य निर्माण हुन सक्दैन । जनतालाई अलमलाउने राजनीति भयो यो । नेकपा एमाले एक्लै चुनावमा भिडन खोजिरहेको छ । उसले गठबन्धनलाई चुनौति दिदै पनि आएको छ । एमाले संग डराएर काँग्रेसले आफूले सजिलै जित्ने सिटहरु पनि गठबन्धनका नाममा माधब, प्रचण्ड, उपेन्द्र, लगायतका दलहरुलाई सुम्पिदै छ ।

वर्षौंदेखि नेपाली कांग्रेस प्रजातन्त्रका लागी लडेर आएको पुरानो पार्टी हो । सिद्धान्तहीन तालमेलले कांग्रेसलाई फाइदा गदैन घाटा नै हुन्छ । काँग्रेस गठबन्धनको सिकार बन्दै छ । अझै पनि समय छ , कांग्रेसले पूनः बिचार गरेर चुनावमा जानु पर्छ । सत्ता गठबन्धनका दलहरू स्थानीय निर्वाचनमा प्रजातान्त्रिक मूल्य–मान्यताविपरीत तालमेलको प्रयास गर्दै छन । तालमेलको चुनावले कमजोर पार्टीलाई केही सिट त जिताउला तर देशको भबिश्य अबश्य बनाउन सक्दैन । देशको उन्नति, राजनीतिक स्थायित्व र प्रजातन्त्रलाई बलियो बनाउ प्रतिस्प्रर्धाको राजनीति जरुरी हुन्छ । यो चुनावी तालमेल सीमित नेताको स्वार्थ र पार्टीको साख बचाउने सत्तास्वार्थबाट प्रेरित भई गरिँदै छ । सबैभन्दा दुःखको कुरा यो छ कि देशको पुरानो र प्रजातन्त्रका लागि गौरवशाली भूमिका निर्वाह गरेको कांग्रेस नै यस्तो सिद्धान्तहीन चुनावी तालमेलमा जान खोज्यो । कांग्रेस–कम्युनिस्टबीच तालमेल नयाँ होइन ।

अघिल्लो स्थानीय चुनावमा पनि काँग्रेस र माओवादी बीच चुनावी तालमेल भएकै हो । आफना सिट संख्या बटुलेर कांग्रेसलाई ठूलो धोका दिइ प्रचण्डको नेतृत्वमा रहेको माओवादी एमाले संग मिल्न गयो र प्रदेश र संघीय चुनावमा आफना सिट संख्या बढायो । अहिले पनि त्यस्तो नहोला भन्न सकिदैन । तालमेलको चुनाव काँग्रेसलाई चाहिएको होइन । तालमेलको चुनाव त प्रचण्ड र माधब मधेशमा उपेन्द्रको पार्टीलाई चाहिएको हो । यो कुरा किन काँग्रेस बुझन सक्दैन । सत्यनासको बाटोमा किन कांग्रेस हिडिरहेको छ ? नेपाली कांग्रेस प्रजातन्त्र र आफनो सिद्धान्त अनुसार अघि बढनु पर्छ । नेपाली काँग्रेस तालमेल, मोलमोलाइ र सेटिङको सिकार बन्नु हुदैन । यसले काँग्रेसलाई घाटा पुयाउछ । लोकतन्त्र भनेकै नै प्रतिस्पर्धा हो । प्रतिस्पर्धाले नै लोकतन्त्रलाई बलियो बनाउने हो । राजनीतिक दल प्रतिस्पर्धाबाट भाग्नु हुदैन । सिद्धान्तहीन चुनावी तालमेलले प्रजातन्त्रको भविष्य राम्रो गदैन । तालमेल र सेटिङको राजनीतिले देशमा एक प्रकारले ‘सिन्डिकेट डेमोक्रेसी’ चलिरहेको छ । प्रजातन्त्रमा सबैभन्दा सम्मानित र सर्वोच्च संस्था व्यवस्थापिकालाई नै निकम्मा बनाइएको छ । अदालतलाई सेटिङको थलो बनाएर कमजोर पारिएको छ । कार्यपालिका सेटिङ, भ्रष्टाचार र कुशासनको दुश्चक्रमा फसेको छ । दलहरू आफ्नो भ्रष्ट प्रवृत्ति छोप्न ‘सिन्डिकेट डेमोक्रेसी’ चलाइरहेका छन ।

आसन्न स्थानीय तहसहित प्रदेश र संघको निर्वाचनमा सत्ता गठबन्धनका दलहरू आपसी चुनावी तालमेल गरेर जाने कुरा गरिरहेका छन । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल चुनावी तालमेलमा जोड दिदै आएका छन । कम्युनिस्ट पार्टीहरूसँग तालमेलबारे कांग्रेसमा तीव्र विवाद छ । देउवासहितकाकेही नेता चुनावी तालमेलको पक्षमा उभिए पनि पार्टीको ठूलो हिस्सा विपक्षमा छ । गठबन्धन तत्कालीन प्रधानमन्त्री केपी ओलीको सर्वसत्तावादविरुद्ध गठन भएको हो । न्यूनतम साझा दृष्टिकोण र कार्यक्रमसँगै तीनै तहको निर्वाचन सम्पन्न गर्ने भनि गठबन्धन सरकार गठन भएको हो । गठबन्धनका साझेदारहरू तीनै तहको निर्वाचनमा तालमेल गर्नुपर्छ भनेर लागेको लागै छन । दिनदिनै कमजोर बनिरहेको माओवादी केन्द्र एक्लै निर्वाचन लड्ने आँट गर्न सकिरहेको छैन । त्यसैले देउवालाई फकाइरहेको छ । प्रचण्डलाई थाहा छ, गठबन्धन बिना चुनाव जितिदैन भन्ने कुरा । माओवादीले गएको प्रदेश एवं संघीय निर्वाचनमा कांग्रेसलाई धोका दिँदै एमालेसँग चुनावी तालमेल र पछि एकीकरणको नाम दिएर पार्टीलाई एमालेमा विलय गराएको थियो । एमालेसँग गठबन्धन नगरेको भए माओवादीले संघीय संसद्मा सिट जित्न नसक्ने निश्चित थियो । माओवादीको अहिलेको अवस्था त्योभन्दा खराब छ । त्यसैले, प्रचण्डलाई आफ्नो साख जोगाउन तीनै तहको निर्वाचनमा कांग्रेससँग मिल्नुपर्ने बाध्यता छ । एमाले छाडेर एकीकृत समाजवादी गठन गरेका कमरेडहरूको हालत झन खराव छ । यी दुवै पार्टीले हरसम्भव कांग्रेससँग चुनावी तालमेल गरेर आफ्नो राजनीतिक अस्तित्व बचाउन चाहन्छन् । कांग्रेसलाई कसैसँग चुनावी तालमेल गर्नैपर्ने बाध्यता छैन । सत्ताको नेतृत्व गरिरहेको कांग्रेसभित्र चुनावी तालमेलका लागी बाध्यता बन्यो । माओवादी र एकीकृत समाजवादीसहितका दलले काँग्रेसलाई सहयोग गरेको गुन तिर्न तालमेल हुन खोजेको हो भन्ने बुझनु पर्छ । कुनै पनि पार्टीसँग चुनावी तालमेल गर्न हुँदैन, चुनाव एक्लै लड्नुपर्छ भन्ने मत कांग्रेसभित्र बलियो बन्दै नगएको होइन । कांग्रेस कम्युनिस्ट कित्तासँग जोडिएको मन नपराउनेहरूको पंक्ति ठुलै छ कांग्रेसमा ।

०४६ को राजनीतिक परिवर्तनपछि जनताले कांग्रेसलाई दुईपटक बहुमतसाथ सरकारको बागडोर सम्हाल्ने अवसर दिए । तर, आफ्नै घरभित्रको द्वन्द्व व्यवस्थापन गर्न नसक्दा पाँच वर्ष सरकार चलाउन नसकेका कारण जनता निराश भए र कांग्रेसको विकल्पमा कम्युनिस्टलाई भोट दिए । कांग्रेसले सत्ताका लागि आफ्ना सिद्धान्तलाई बिर्सिएर कम्युनिस्ट पार्टीहरूसँग गरेको सहकायले कांग्रेसले ठूलो राजनीतिक नोक्सानी व्यहोर्नुपरेको छँदै छ । कांग्रेसको त्यो भुल थियो । कांग्रेसले अझै पनि आफ्नो राजनीतिक भुलबाट किन सिक्दैन ? सत्तास्वार्थबाट प्रेरित भएर कम्युनिस्ट पार्टीहरूसँग साँठगाँठ गरिरहनु पार्टीको हितमा छैन । नेपाली राजनीतिमा कांग्रेस एउटा इतिहास बोकेको पुरानो राजनीतिक शक्ति हो । प्रजातान्त्रिक आन्दोलनको नेतृत्वकर्ता हो । सत्ता स्वार्थमा मूल्यको राजनीतिलाई कुल्चेर हिँड्नु राम्रो होइन । प्रजातन्त्रलाई सुदृढ बनाउदै जानु पर्छ । प्रजातान्त्रिक संस्था कमजोर भए देश कमजोर बन्छ । प्रजातान्त्रिक आन्दोलनको अभिभावकीय भूमिका निर्वाह गदै आएको छ कांग्रेस । कांग्रेस पार्टी कम्युनिस्ट पार्टीहरूसँग सहकार्य गरेर जानु भनेको कम्युनिस्ट पार्टीहरूलाई बलियो बनाउनु हो । जबसम्म कांग्रेस बलियो हुदैन तव सम्म लोकतन्त्र बलियो हुदैन । कम्युनिस्ट पार्टीहरू अबसरवादी हुन । उनीहरु आफनो अबसर खोजेर हिडिरहेका छन । हिजो आज राजनीतिक दाउपेचका लागी एक पार्टी छोडने र अर्को पार्टीमा जाने नेता तथा कार्यकर्ताको होडवाजी नै चलिरहेको छ । राजनीतिमा जनतालाई ढाँटने र भ्रमको राजनीति बढेर गएको छ । सोझा जनतालाई ढाँटने र भोट बटुलेर कुर्सिमा बस्ने दाउमा नेताहरु लागेको लागै छन ।

यति लामो समय सम्मको अनुभवमा राजनीतिक दल र तिनका नेताहरुमा सत्ता स्वार्थ बाहेक अरु केही देखिएन । व्यापारीहरु समेत सक्रिय राजनीतिमा आउन थालि सके ।पैसावालाको राजनीति बढेर गएको छ । पैसा नहुनेले नत राजनीति गर्न सक्छ नत चुनाव लडन नै । पैसा नहुने हत्त पत्त चुनावमा लडने आँट नै गर्न सक्दैन । चुनाव महंगो हुदै गयो । एउटा वडा अध्यक्ष लडन ५० लाख चाहिन्छ भन्न थाले । गरिवका छोरा छोरी यत्रो महंगो चुनाव लडन कसरी सक्छन ?गरिवले निर्वाचनमा उम्मेदवारको टिकट पाउनै मुस्किल छ पाइहाले पनि चुनाव जित्न मुस्किल छ । यति बेला दल अदल–बदल गर्ने क्रमले तीव्रता पाउँदै छ । दिनहुँजस्तो पार्टी प्रवेश कार्यक्रम भैरहेका छन । एउटा पार्टीमा अवसर नपाएकाहरु अर्को पार्टीमा जाने गरेका छन ।पार्टी परिर्वतन गरिरहने नेताहरुलाई जनताले के गरेर बिश्वास गर्ने ? सबै दलहरुमा निष्ठा र सिद्धान्त हराउँदै गइरहेको देखिन्छ ।

बिभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु अवसरको खोजीमा छन । हामीले देखिरहेका छौ, एक पार्टीबाट अर्को पार्टी प्रवेश गर्ने र अवसर लिने क्रम बढेको छ । दलहरुले पार्टीको नीति र सिद्धान्तको बारेमा कार्यकर्तालाई बुझाउन नसक्दा यस्तो भएको हो । कम्युनिष्टहरु कांग्रेस पार्टी प्रवेश गरिरहेका छन भने कांग्रेसका कार्यकर्ता कम्युनिष्टहरुमा प्रवेश गरिरहेका छन । दलका नेताहरुले आ आफ्नो पार्टीको नीति र सिद्धान्तको बारेमा आफना नेता कार्यकर्तालाई बुझाउन सक्नु पर्छ । यदी दलका नेताहरुले आ आफ्नो पार्टीको नीति र सिद्धान्तको बारेमा समयमै आफना नेता कार्यकर्तालाई बुझाउन सकेनन् भने दल अदलबदल गर्ने क्रमले निरन्तरता पाउने छ ।एउटा पार्टी छोडेर अर्को पार्टीमा प्रवेश गर्ने बित्तिकै उम्मेदवारी पाइन्छ की भनेर नेताहरु अबसर खोजिरहेका छन । लामो समयदेखि राजनीति गरिरहेका नेताहरु नै यसो गरिरहेका छन ।

पार्टीको नीति र सिद्धान्तमा हिड्न नसक्नेले के को राजनीति गर्ने ? कार्यकर्ताहरु सधैं नेताको पछि लाग्ने तर उनीहरुले अबसर नपाउने देखिएको छ । जनाधार नभएका नेता तथा कार्यकर्ताहरुले नै दल अदलबदल गरिरहेका छन ।यस्ता क्रियाकलापले देशलाई अघि बढाउन सकिदैन । मुलुकको सामाजिक, आर्थिक र राजनीतिक सुधारमा समेत असर पर्ने देखिन्छ । नेपालको राजनीतिमा अवसरवादी चरित्र भएकाहरु नै हावी हुदै छन । अवसरवादी चरित्र भएका नेताहरुलाई जनताले बहिष्कार गर्ने आँट गर्नु पर्छ । अवसरवादी चरित्र भएकाहरु सधै अबसरकै खोजिमा हुन्छन । तिनीहरुबाट जनताले कुनै आश नगरे पनि हुन्छ ।सभार सौर्य अनलाइन बाट

प्रतिक्रिया