
काठमाडौं । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय विदेशमन्त्री एस जयशंकरले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
नयाँ दिल्लीको चाणक्यपुरीस्थित होटल आईटीसीमा विदेशमन्त्री जयशंकरले प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्नुभएको हो।
विदेशमन्त्री जयशंकरसँगको भेटपछि प्रधानमन्त्री देउवा भारतीय जनता पार्टी (भाजपा)को केन्द्रीय कार्यालय पुग्नुभएको छ।
भ्रमणको दोस्रो दिन शनिबार प्रधानमन्त्री देउवाले औपचारिक समारोह र कार्यक्रमका लागि हैदरावाद हाउस पुग्नुहुने छ। त्यहाँ भारतीय समकक्षी नरेन्द्र मोदीसँगको छुट्टै भेटघाट र प्रतिनिधिमण्डलको दुई पक्षीय वार्ता हुनेछ ।
प्रतिक्रिया