
प्रधानमन्त्री देउवाले समकक्षी नरेन्द्र मोदीसँग आज हुने द्विपक्षीय भेटवार्ता उपलब्धिमूलक हुने आशा व्यक्त गरेका छन्। नेपाली दूतावासले प्रधानमन्त्री देउवाको सम्मानमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै त्यस्तो बताएका हुन्।
प्रधानमन्त्री देउवाले मोदीसँग अहिले बिहान पहिला एकल वार्ता गर्नेछन्, त्यसपछि प्रतिनिधिमण्डलस्तरमा देउवा र मोदीबीच भेट हुनेछ।
भारतको तीन दिने भ्रमणका क्रममा देउवा हिजो दिउँसो नयाँ दिल्ली पुगेका हुन्। उनीसँग भारतीय विदेशमन्त्री एस जयशंकरले भेटे।देउवा भारतीय जनता पार्टीको मुख्यालय पनि पुगे।
प्रतिक्रिया