Pura Samachar

आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुदै

प्रकाशित: April 2, 2022
पूरा समाचार

आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुदै

काठमाडौं । त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले आज शनिबार मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

त्रिवि क्रिकेट मैदानमा नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ । खेल १२:३० मा सुरु हुनेछ ।

आज मलेसियालाई हराएर नेपाल लगातार चौंथो जित निकाल्न चाहन्छ । यस्तै अपराजित रहदै फाइनल पुग्न चाहन्छ ।

नेपालले ३ खेलमा ६ अंक जोडेको छ । शीर्ष स्थानमा रहेको नेपाल यस अघि नै फाइनल पुगिसकेको छ ।

यता, मलेसिया पनि नेपाललाई हराएर फाइनल पुग्न चाहन्छ । मलेसिया ३ खेलमा २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।

मलेसियालाई नेपालविरुद्धको खेल गर या मरको स्थितिमा रहेको छ । जितमा मलेसिया फाइनल पुग्नेछ । हार ब्यहोरेमा मलेसिया बाहिरिनेछ।

पपुवा न्युगिनी (पीएनजी) ४ खेलमा २ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । मलेसिया पराजित भएमा दोस्रो स्थानमा रहदै पीएनजीले फाइनलमा नेपालको सामना गर्नेछ ।

सिरिज अन्तर्गत नै यस अघिको पहिलो भेटमा नेपालले मलेसियालाई ६ विकेटले हराएको थियो । नेपाल उक्त जितलाई कायम गर्न चाहन्छ । मलेसिया नेपालविरुद्ध बदला लिन चाहन्छ ।

प्रतिक्रिया