Pura Samachar

जीतपुरसिमरा गोल्डकप फुटबल उपाधिका लागि नेपाल एपीएफ क्लब र न्युरोड टिम एनआरटी भिड्दै

प्रकाशित: April 2, 2022
पूरा समाचार

जीतपुरसिमरा गोल्डकप फुटबल उपाधिका लागि  नेपाल एपीएफ क्लब र न्युरोड टिम एनआरटी भिड्दै

सिमरा । १२ औं संस्करणको जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज शनिबार नेपाल एपीएफ क्लब र न्युरोड टिम एनआरटी भिड्दैछन्।

सिमरा रंगशालामा एपीएफ र एनआरटी उपाधि जित्ने योजनासहित मैदान उत्रने छन् ।

शुक्रबार भएको प्रि-म्याच कन्फरेन्समा दुबै टिमले उपाधि जित्ने दाबी गरेका थिए ।

एपीएफ प्रशिक्षक कुमार थापाले एनआरटीविरुद्ध जितका लागि खेल्ने बताए ।

एपीएफका कप्तान नबिन लामाले प्रतियोगिताको सबै खेललाई फाइनल सरह नै लिएको तथा आफूहरु फाइनल खेल्न तयार रहेको बताए ।

सेमिफाइनलमा नेपाल एपीएफ क्लबले बाग्मती युवा क्लबलाई ४-१ गोलले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।

एनआरटीले भने आयोजक नव जन जागृती युवा क्लबलाई ३-२ गोलले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।

एनआरटी प्रशिक्षक राजु काजी शाक्य एपीएफ क्लब राम्रो टिम रहेको बताएपनि जितका लागि खेल्ने जनाए ।

एनआरटीका रन्जन विष्टले खेलाडीहरुबीच तालमेल मिलेको तथा फाइनल पुगेर सबै उत्साहित भएको बताए ।

नव जन जागृती युवा क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले १० लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले ५ लाख नगद प्राप्त गर्नेछ।

प्रतिक्रिया