
यति बेला नेपालका प्रधानमन्त्री शेर बहादुर देउवा भारत भ्रमणमा रहनु भएको छ । द्धिपक्षिय हित र चासोका बिषयमा दुबै प्रधानमन्त्री बीच आज छलफल तथा संझौता समेत भएका छन् । यसैक्रममा प्रधानमन्त्री देउवाको सम्मानमा भारतीय समकक्षी नरेन्द्र मोदीले नयाँ दिल्लीको हैदराबाद हाउसमा दिवा भोजको आयोजना गर्नुभएको थियो ।
सो दिवाभोज कार्यक्रममा प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्रराय यादव, मुख्यसचिव शङ्करदास बैरागी, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानबहादुर देउवा, परराष्ट्र सचिव भरतराज पौड्या लगायत सहभागी भएका छन् । दुई देशबीचको उच्च भ्रमणका क्रममा जहिले पनि सम्मानमा दिवाभोजको आयोजना गर्ने गरिएको छ ।
प्रतिक्रिया