Pura Samachar

रियल म्याड्रिडकाे स्पेनिस ला लिगामा जित

प्रकाशित: April 3, 2022
पूरा समाचार

रियल म्याड्रिडकाे स्पेनिस ला लिगामा जित

एजेन्सी – फ्रान्सेली फरवार्ड करिम बेन्जेमाको दुई गोलमा शीर्षस्थानमा रहेको रियल म्याड्रिडले स्पेनिस ला लिगामा जित निकालेको छ । रियलले सेल्टा डि भिगोलाई उसकै मैदानमा २–१ को जित निकालेको हो ।एवान्का वालाइडोस भिगो स्पेनमा शनिबार राति भएको खेलमा घरेलु टोलीका नोलिटोले एक गोल फर्काए ।

यो जितसँगै रियलले यो सिजनको उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । शीर्षस्थानमा रहेको रियलको ३० खेलबाट ६९ अंक पुगेको छ । रियलले दोस्रो र तेस्रो स्थानको सेभिया र एट्लेटिको म्याड्रिडलाई १२ अंकले पछि पारेको छ ।

एक खेल कम खेलेको सेभिया र समान खेल खेलेको एट्लेटिकोको ५७ अंक छ । पराजित सेल्टा ३६ अंक जोडेर ११औं स्थानमा रहेको छ ।

प्रतिक्रिया