Pura Samachar

सरकारले गरेको एआईजी बढुवाविरुद्धको रिटमाथि आइतबार सुनुवाइ हुने

प्रकाशित: April 3, 2022
पूरा समाचार

सरकारले गरेको एआईजी बढुवाविरुद्धको रिटमाथि आइतबार सुनुवाइ हुने

सरकारले गरेको एआईजी बढुवाविरुद्धको रिटमाथि आइतबार सुनुवाइ हुने भएको छ।

डीआईजी ईश्वरबाबु कार्कीले दायर गरेको रिट सुनुवाइका लागि न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा पेसी तोकिएको छ।

सरकारले वरीयता मिचेर कनिष्ठलाई बढुवा गरेको भन्दै असन्तुष्ट तीन डीआईजी सर्वाेच्च अदालत गुहार्न पुगेका हुन्। डीआईजी घनश्याम अर्याल र प्रकाशजंग कार्कीको रिट निवेदन भने दर्ता हुन बाँकी रहेको सर्वाेच्च प्रशासनले जनाएको छ।

वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र र वीरेन्द्रबहादुर धानुकलाई सरकारले गत बिहीबार एआईजीमा बढुवा गर्ने निर्णय गरेको हाे। उनीहरुलाई बढुवा सिफारिस गर्नासाथ तीन डीआईजीले त्यसविरुद्धको सुनुवाइ समितिमा उजुरी गरेका थिए।

तर समितिले पनि सिफारिस सदर गरेपछि उनीहरुले सर्वाेच्चमा मुद्दा हालेका हुन्।

प्रतिक्रिया