
काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणात्मक टि२० आई सिरिजको ट्रफी सार्वजनिक गरेको छ । सोमबार फाइनलअघि क्यानले आइतबार ट्रफी सार्वजनिक गरेको हो ।सोमबार नेपाल र पपुवा न्युगिनीबीच फाइनल हुनेछ । नेपाल ४ खेलमा अपराजित रहँदै फाइनलमा पुगेको हो । पीएनजी ४ खेलमा २ अंकका साथ मलेसियालाई नेटरनरेटले पछि पार्दै फाइनलमा पुगेको छ ।
नेपालले लिगमा पीएनजीलाई १५ रन र ३७ रनले पराजित गरेको थियो । मलेसियालाई ६ विकेट र ८५ रनले पराजित गरेको थियो । पीएनजी पहिलो खेलमा मलेसियासँग ८ रनले पराजित हुँदा दोस्रो खेलमा ८ विकेटको सानदार जित हात पारेको थियो ।
नेपालका कप्तान सन्दीप लामिछानेले आफ्नो उत्कृष्ट प्लेइङ ११ मैदान उतार्ने बताए । नेपाल धेरै राम्रो टिम हुँदा चुनौतीको लागि तयार रहेको पपुवा न्युगिनीका कप्तान कार्ल सान्द्रीले बताए ।
टि२० आई त्रिकोणात्मक सिरिजको प्लेयर अफ द सिरिज हुने खेलाडीले ५ सय अमेरिकी डलर (६१ हजार १ सय नेपाली रुपैयाँ) प्राप्त गर्ने छन् । खेलको प्लेयर अफ द म्याचले १ सय अमेरिकी डलर (१२ हजार २ सय नेपाली रुपैयाँ) पाउनेछन् ।
नेपालको टोली :
सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, आसिफ शेख, करण केसी, अभिनाश बोहरा, विवेक यादव, दीलिप नाथ, लोकेश बम, कुशल मल्ल, रोहित पौडेल र आदिल अन्सारी ।
प्रतिक्रिया