Pura Samachar

२४ घण्टामा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि,थप ८९ संक्रमित निको

प्रकाशित: April 4, 2022
पूरा समाचार

२४ घण्टामा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि,थप ८९ संक्रमित निको

काठमाडाैं । नेपालमा पछिल्लाे २४ घण्टामा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको २ हजार ९४२ पीसीआर परीक्षणका क्रममा ३२ जना र २ हजार ११७ एन्टिजेनगरी ५०५९ जनामा परीक्षणका क्रममा १ जनामा कोरोना पुष्टि भएको हो ।

कोरोनाका कारण सोमबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाका कारण हालस्म्म ११ हजार ९५१ जनाको मृत्यु भएको छ । त्यस्तै थप ८९ संक्रमित निको हुँदा हालसम्म ९ लाख ६५ हजार ७१४ जना निको भएका छन् ।

निको हुने दर ९८ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

हाल नेपालमा ८ सय ४२ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

हाल होम आइसोलेसनमा ८०६, संस्थागत आइसोलेसनमा ३६, आइसियुमा १५ र भेन्टिलेटरमा दुई जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया