
केन्द्रीय बैंकका अधिकारीहरूले सोमवार २७ ओटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई बोलाएर यस्तो निर्देशन दिएका हुन् । विदेशी मुद्राको सञ्चिति दिनदिनै घटेपछि राष्ट्र बैंकले यो कदम चालेको हो । राष्ट्र बैंकसँग अब ६ महीनाको आयात धान्न पुग्ने विदेशी मुद्रा पनि नभएको बताइन्छ ।
एक वाणिज्य बैंकका सीईओले राष्ट्र बैंकले गाडी लगायत विलासी वस्तु आयातको एलसी नखोल्न अनौपचारिक निर्देशन दिएको बताए । ‘अब हामी केन्द्रीय बैंकको निर्देशनअनुसार गर्छौं,’ उनले भने ।राष्ट्र बैंकले एलसी नै रोक भनेर औपचारिक निर्देशन दिन मिल्दैन । सोही कारण सीईओलाई बोलाएर अनौपचारिक निर्देशन दिएको छ।
प्रतिक्रिया