Pura Samachar

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नापी टोली बुढानिलकण्ठका सर्भेक्षक विनोद केसी र अमिन प्रकाश भट्टदुबै जनालाई एक लाख नगदसहित मंगलबार पक्राउ

प्रकाशित: April 6, 2022
पूरा समाचार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नापी टोली बुढानिलकण्ठका सर्भेक्षक विनोद केसी र अमिन प्रकाश भट्टदुबै जनालाई एक लाख नगदसहित मंगलबार पक्राउ

नापी कार्यालय चाबहिल १ नम्बर नापी टोली बुढानिलकण्ठका सर्भेक्षक विनोद केसी र अमिन प्रकाश भट्ट पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दुबै जनालाई एक लाख नगदसहित मंगलबार पक्राउ गरेको हो।

अख्तियारको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई एक लाख नगद लिइसकेको अवस्थामा पक्राउ गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए।

दुबैलाई ललितपुर महानगरपालिका-५ लगनखेलबाट नियन्त्रणमा लिइएको प्रवक्ता भण्डारीले बताए।

सेवाग्राहीसँग घुस लिइरहेको सूचनाका आधारमा खटिएको टोलीले दुबै जनालाई पक्राउ गरेको भण्डारीले बताए।

पक्राउ परेकालाई अख्तियारले न्यायिक हिरासतमा राखेर अनुसन्धान थालेको छ।

प्रतिक्रिया