
काठमाडौं २४ चैत । सरकारको निणर्य गैरकानुनी भएको भन्दै २५ करोड रुपैयाँ क्षतिपूर्ति माग दावी गर्दै बतास समूह जिल्ला अदालत काठमाडौं पुगेको छ ।
बतास समुहले बिहिबार पशुपतिस्थित होटल आनन्दसँगको सम्झौता रद्द गर्ने सरकारको निर्णयले आफूहरुलाई २५ करोड रुपैयाँ क्षति पुगेको भन्दै २५ करोड रुपैयाँ क्षतिपूर्ति माग दावी गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ ।
साथै, भोली शुक्रबार पशुपति क्षेत्र विकास कोषले बिहान १० बजे होटल आनन्द ‘शिल’ गर्ने तयारी समेत गरेको बताइएको छ ।
होटल आनन्द प्रालि र पशुपति क्षेत्र विकास कोषबीचको सम्झौता यसअघि नै रद्ध गरेको जानकारी कोषका प्रतिनिधि होटललाई गराइसकेको थिए ।
प्रतिक्रिया