Pura Samachar

दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा २ जनाको मृत्यु

प्रकाशित: April 8, 2022
पूरा समाचार

दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा २ जनाको मृत्यु

काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–३ मा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

सुदूरपश्चिम प्रदेश ०२–००४ प १११ नम्बरको मोटरसाइकल र से ४ प ४७३० नम्बरका मोटरसाइकल गए राति सवा ९ बजे आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ७ का ३० वर्षीय पुरन कुमार मडै र कैलालीकै कृष्णपुर ५ का ३२ वर्षीय लोकेन्द्र पार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक दुवै जना मोटरसाइकल चालक हुन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गए राति सवा १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका दुई जना घाइते भएका छन् । उनीहरुको अवस्था खतरामुक्त छ । दुवै जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया