Pura Samachar

२४ घण्टामा थप १२ जनामा कोरोना सङ्क्रमण पुष्टि,८९ जना सङ्क्रमित निकाे

प्रकाशित: April 8, 2022
पूरा समाचार

२४ घण्टामा थप १२ जनामा कोरोना सङ्क्रमण पुष्टि,८९ जना सङ्क्रमित निकाे

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २ हजार ७२८ जनाको पीसीआर परीक्षण गर्दा ११ जनामा र १ हजार ६२१ जनाकाे एन्टीजेन परीक्षण गर्दा एक जनामा गरी जम्मा १२ जनामा काेराेना पुष्टि भएकाे हाे ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप ८९ जना सङ्क्रमित निकाे भएका छन् ।

२४ घण्टामा मृत्यु शून्य छ भने हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६६९ जना रहेकाे मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया