Pura Samachar

२४ घण्टामा थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि,४४ जना संक्रमित निकाे

प्रकाशित: April 9, 2022
पूरा समाचार

२४ घण्टामा थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि,४४ जना संक्रमित निकाे

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २ हजार ५३९ जनाको पीसीआर परीक्षण गर्दा १२ जनामा र १ हजार ६१६ जनाको एन्टीजेन परीक्षण गर्दा एक जनामा गरी १३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप ४४ जना संक्रमित निकाे भएकाे मन्त्रालयले जनाएकाे छ ।

२४ घण्टामा मृत्यु शून्य छ भने हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६३७ जना रहेका छन् ।

प्रतिक्रिया