Pura Samachar

नेपाल राष्ट्र बैंकले आगामी मंगलबार १५ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्ने

प्रकाशित: April 10, 2022
पूरा समाचार

नेपाल राष्ट्र बैंकले आगामी मंगलबार १५ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्ने

काठमाडौं/ नेपाल राष्ट्र बैंकले आगामी मंगलबार १५ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्ने भएको छ ।

सार्वजनिक बोलकबालमार्फत बाँडफाँड हुने बिलमा अधिकतम ८५ प्रतिशत खुल्ला प्रतिस्पर्धात्मक प्रणालीबाट हुने जनाएको छ भने,  बाँकी १५ प्रतिशत विना प्रतिस्पर्धा बाँडफाँड हुने  राष्ट्र बैंकले जनाएको छ ।

बैंकले ९१ दिने, १८२ दिने र ३६४ दिने गरी कुल १५ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्ने भएको हो ।

बिल खरिदका लागि सार्वजनिक सुचना गरेको बैंकले भोलि अर्थात् चैत २८ गते सबै प्रकारका बिलहरुको बाँडफाँड हुने जनाएको छ ।

बैंकका अनुसार ९१ दिनका लागि ८ अर्ब रुपैयाँ छुट्याइएको छ भने १८२ दिनका लागि २ अर्ब २५ करोड र ३६४ दिनका लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल छुट्याइएको छ ।

प्रतिक्रिया