
काठमाडौं । खुमलटार युथ क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बढुवा भएको छ ।
‘बी’ डिभिजन लिग अन्तर्गत आफ्नो अन्तिम खेलमा आइतबार सामाजिक युथ क्लबलाई २-१ गोल अन्तरले हराउँदै खुमलटार शीर्ष डिभिजनमा उक्लिएको हो ।
जितसँगै खुमलटार ‘बी’ लिगको दोस्रो स्थानमा रहदै शीर्ष डिभिजनमा उक्लिएको हो ।
खुमलटारले १३ खेलमा २२ अंक जोड्यो । र, लिगको दोस्रो स्थानमा रह्यो ।
‘बी’ लिगको उपाधि भने चर्च ब्वाइज युनाईटेडले जितेको छ ।
प्रतिक्रिया