Pura Samachar

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल आजदेखि अवकाश

प्रकाशित: April 11, 2022
पूरा समाचार

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल आजदेखि अवकाश

काठमाडौँ । सशस्त्र प्रहरी बल नेतृत्वविहीन भएको छ । चार वर्षे कार्यकालका कारण सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले अवकाश पाएका छन् । सोमबार उनको अवकाश भएसँगै सशस्त्र प्रहरी बल नेतृत्वविहीन भएको हो।

खनाल अवकाशमा गइरहँदा सरकारले नयाँ सशस्त्र प्रहरी महानिरीक्षक टुङ्गो लगाउन सकेको छैन। स्थानीय तहको निर्वाचन नजिकिइरहेका बेला प्रमुख सुरक्षा निकायमध्ये सशस्त्र प्रहरी बलको नेतृत्व परिवर्तन हुन लागेको हो। तर, सशस्त्र प्रहरीमा नयाँ नेतृत्व २१ दिनका लागि मात्रै चयन हुने छ।

हाल एआइजी रहेका दुई जनामध्येबाट सरकारले एक जनालाई सशस्त्र प्रहरी महानिरीक्षक नियुक्ति गर्नुपर्ने अवस्था छ।

२१ दिनका लागि नयाँ सशस्त्र प्रहरी महानिरीक्षकमा एआइजी पुष्पराम केसी र रामशरण पौडेलको दाबी छ। उनीहरू खनालकै ब्याच मेट हुन्।

उनीहरू उमेर हदका कारण वैशाख १९ मा अवकाशमा जाँदै छन्।

प्रतिक्रिया