Pura Samachar

आज सनराइजर्स हैदरावाद  र गुजरात टाइटन्स आमनेसामने हुँदै

प्रकाशित: April 11, 2022
पूरा समाचार

आज सनराइजर्स हैदरावाद  र गुजरात टाइटन्स आमनेसामने हुँदै

आईपीएलमा आज साँझ सनराइजर्स हैदरावाद  र गुजरात टाइटन्स  टोली आमनेसामने हुँदैछन् । हार्दिक पाण्ड्याको नेतृत्वमा रहेको गुजरातले यो सिजन अहिलेसम्म आफ्ना सबै खेल जितेको छ र एउटा पनि खेल हारेको छैन। उता, केन विलियम्सनको कप्तानीमा रहेको हैदरावादले तीन खेलमध्ये एक खेल मात्रै जित्न सकेको छ । हैदरावादले गुजरातको विजयी रथलाई रोक्न सक्छ कि सक्दैन त्यो हेर्नु रोचक हुनेछ । दुवै टोलीमा धेरै उत्कृष्ट खेलाडी रहेकाले यो खेल निकै रोमाञ्चक हुने सम्भावना छ ।

अंक तालिकाको कुरा गर्दा यस पटकको प्रतियोगितामा गुजरात टाइटन्स नयाँ टोली हो । हार्दिक पाण्ड्याको कप्तानीमा रहेको टोली यस सिजनमा अहिलेसम्म एउटा पनि खेल नहारेको टोली हो। टोलीले अहिलेसम्म तीन खेल जितेको छ भने सबैमा जित निकालेको छ । गुजरात ६ अंकसहित तेस्रो स्थानमा छ । पछिल्लो खेलमा चेन्नई विरुद्धको जितको खाता खोलेको सनराइजर्स हैदरावादको २ अंक छ र टोली आठौं स्थानमा छ । हैदरावादमा ३ खेलमा २ हार र एक खेल जितेको छ ।

हैदराबाद र गुजरातबीचको यो खेल शनिबार मुम्बईको डीवाई पाटिल स्पोर्ट्स एकेडेमीमा हुनेछ । खेलको टस साँझ ७ बजे हुनेछ र खेल साढे ७ बजे सुरु हुनेछ ।

प्रतिक्रिया