Pura Samachar

सामान्य प्रशासन, अर्थ र स्वास्थ्य मन्त्रालयले कर्मचारीहरुलाई बढुवा सिफारिस

प्रकाशित: April 13, 2022
पूरा समाचार

सामान्य प्रशासन, अर्थ र स्वास्थ्य मन्त्रालयले कर्मचारीहरुलाई बढुवा सिफारिस

सामान्य प्रशासन, अर्थ र स्वास्थ्य मन्त्रालयले कर्मचारीहरुलाई बढुवा सिफारिस गरेको छ । सामान्य प्रशासनको बढुवा सिफारिस समितिले बढुवाको संशोधित सूची सार्वजनिक गरेको छ । नेपाल प्रशासन सेवा,राजश्व समूहको उपसचिव पदमा जेष्ठता र कार्यसम्पादन मुल्यांकनका आधारमा हुने बढुवाको गत माघ २७ गते प्रकाशित सिफारिस गरिएको सूची उपर लोकसेवामा उजुरी परेपछि सोको आधारमा लोकसेवा आयोगको निर्णय अनुसार बढुवाको संशोधित सूची सार्वजनिक गरेको छ । जसअनुसार प्रशासन सेवा राजश्व समूहबाट अनिलप्रसाद श्रेष्ठ,खगेन्द्र खड्का र राजेन्द्र बन्धु अर्याल उपसचिवमा बढुवा भएका छन् । यी तीनै जना जेष्ठता र कासमुका आधारमा बढुवा भएका हुन ।

प्रतिक्रिया