Pura Samachar

म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा

प्रकाशित: April 14, 2022
पूरा समाचार

म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा एट्लेटिको मड्रिडसँग गोलरहित बराबरी खेलेको सिटी समग्रमा १-० को जितसहित अन्तिम चारमा पुगेको हो ।

घरेलु मैदानमा भएको पहिलो लेगमा निकालेको १-० को जितको कारण सिटीले सेमिफाइनलमा स्थान पक्का गरेको हो।

 

एट्लेटिकोको मैदानमा भएको दोस्रो लेगमा भने दुबै टोलीले गोल गर्न सकेनन् । दुबै टोलीले पाएका केहि अवसर गुमाएका थिए ।

यस्तै घरेलु टोली एट्लेटिको १० खेलाडीमा समेटिएको थियो ।

खेलको इन्ज्युरी समयमा फिलिपेले दोहोरो पहेलो कार्डसँगै रातो कार्ड पाएका थिए ।

प्रतिक्रिया