Pura Samachar

काठमाडौंमा गएराति कार दुर्घटना हुँदा एक युवको मृत्यु

प्रकाशित: April 14, 2022
पूरा समाचार

काठमाडौंमा गएराति कार दुर्घटना हुँदा एक युवको मृत्यु

काठमाडौंमा गएराति कार दुर्घटना हुँदा एक युवको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका १९ कङ्केश्वरीमा मध्यराति बा ७ च ८२०८ नम्बरको कार दुर्घटना हुँदा त्यसका चालक चितवन मिलनरोड घर भएका ३६ वर्षीय अङ्कित पण्डित शर्माको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका शर्माको ट्रमा सेन्टरमा उपचारका क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ।

तीव्र गतिको कार आफैं अनियन्त्रित भएर पल्टिँदा शर्माको मृत्यु भएको हो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया