Pura Samachar

नेपालले जिम्बाब्बे ए टोलीसँग खेल्ने तीन तीनवटा एकदिवसीय तथा टी२० शृंखलाको तालिका सार्वजनिक

प्रकाशित: April 15, 2022
पूरा समाचार

नेपालले जिम्बाब्बे ए टोलीसँग खेल्ने तीन तीनवटा एकदिवसीय तथा टी२० शृंखलाको तालिका सार्वजनिक

नेपालले जिम्बाब्बे ए टोलीसँग खेल्ने तीन तीनवटा एकदिवसीय तथा टी२० शृंखलाको तालिका सार्वजनिक भएको छ। खेल वैशाख १७ देखि २६ गतेसम्म ३/३ वटा एकदिवसीय र टी–२० शृंखला खेल्ने भएको हो।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार खेल काठमाडौंमा हुनेछ।

यसको लागि जिम्बाब्बेको टोली यही १५ गते काठमाडौं आउनेछ।

जिम्बाबेसँगको खेलपछि नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत जुनमा अमेरिका र ओमानसँग त्रिकोणात्मक ओडिआई सिरिज खेल्नेछ।

अमेरिकासँगको खेलपछि नेपालले विश्वकप लिग–२ खेल्न स्कटल्यान्ड भ्रमणमा जानेछ।

 

प्रतिक्रिया