Pura Samachar

आफूले राजतन्त्रको एजेन्डा छाडेको बताए:अध्यक्ष कमल थापा

प्रकाशित: April 16, 2022
पूरा समाचार

आफूले राजतन्त्रको एजेन्डा छाडेको बताए:अध्यक्ष कमल थापा

बुटवल- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले आफूले राजतन्त्रको एजेन्डा छाडेको बताएका छन्।

(राप्रपा) नेपालले शनिबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा थापाले राजसंस्था पुनर्स्थापनाको सम्भावना अन्त्य भएकाले राजतन्त्रको एजेन्डा छाडेको बताएका हुन्।

राप्रपाको महाधिवेशनबाट अध्यक्षमा पराजित भएपछि थापाले नयाँ पार्टी गठन गरेका थिए। नयाँ पार्टी गठनसँगै राजतन्त्र छाडेको उद्घोष गरेका थापाले अब आफ्नो दलले राजतन्त्रको वकालत गर्न छाडेको स्पष्ट गरेका हुन्। उनले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमालेसँग सहकार्य गरेर अघि बढ्दा मुलुकको हित हुने बताए।

उनले आफ्नो पार्टीले एमालेसँग मिलेर खुट्टा टेक्ने ठाउँ बनाउन खोजेको बताए। थापाले राजेन्द्र लिङदेन नेतृत्वको राप्रपासँग आफ्नो दलको गुनासो र दुस्मनी नभएको बताए।

प्रतिक्रिया