Pura Samachar

स्याङ्जामा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु

प्रकाशित: April 17, 2022
पूरा समाचार

स्याङ्जामा  जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु

काठमाडौं । स्याङ्जानको वालिङमा यात्रुबाहक जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

६ जना गम्भीर घाइते भएका छन । वालिङ नगरपालिकाको डाँडाखर्क भन्ने स्थानमा आज (आइतबार) बिहान साढे १० बजे जीप दुर्घटना भएको हो । जीपमा १३ जना सवार रहेकोमा ६ जनालाई गम्भीर घाइते अवस्थामा उद्धार गरिएको छ ।

स्थानीय बायाँटारीबाट जिल्लाकै पिंडीखोला जाँदै गरेको जीप उकालो बाटोमा दुघर्टना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रतिक्रिया