
काठमाडौं । पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७५० जनाको पिसिआर र ७३९ जनाको एन्टिजेन परीक्षण गर्दा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आइतबार ३६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ ।
हाल देशभर ३७५ जना सक्रिय संक्रमित छन् ।
प्रतिक्रिया