
काठमाडौं– नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ ।
बैठक साँझ साढे ६ बजेका लागि बोलाइएको हो । स्थानीय तह निर्वाचनको घोषणापत्रलगायत निर्वाचनकै विषयमा छलफल गर्न बैठक बस्न लागेको एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । केन्द्रीय सचिवालयको बैठक बस्नुअघि पार्टी केन्द्रीय कार्यालयको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा महानगर र उपमहानगरको नेतृत्वका विषयमा पनि छलफल हुने जनाइएको छ ।
प्रतिक्रिया