Pura Samachar

२४ घण्टामा थप १० जनामा कोरोना संक्रमण पुष्टि,३४ जना निको

प्रकाशित: April 18, 2022
पूरा समाचार

२४ घण्टामा थप १० जनामा कोरोना संक्रमण पुष्टि,३४ जना निको

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५ सय जनाको पीसीआर परीक्षणमा ९ जना र एक हजार ९२ जनाको एन्टीजेन परीक्षणमा १ जना गरी १० जनामा संक्रमण पुष्टि भएको हो।

यो अवधिमा कसैको मृत्‍यु भएको छैन। पछिल्लो २४ घण्टामा कोरोनाबाट ३४ जना निको भएका छन् भने हाल देशभर ३५० जना सक्रिय संक्रमित रहेकाे मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया