
एजेन्सी – उपाधि होडमा रहेको मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिगमा सानदार जित निकालेको छ । लिभरपुलले घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडमाथि ४–० को सानदार जित निकालेको हो ।एनफिल्डमा मंगलबार राति भएको खेलमा घरेलु टोलीको सानदार जितमा मोहम्मद सलाहले दुई तथा लुइस डियाज र साडियो मानेले समान एक गोल गरे ।
जितसँगै शीर्षस्थानमा उक्लिएको लिभरपुलको ३२ खेलबाट ७६ अंक पुगेको छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ७४ अंक छ । हारसँगै चौथो स्थानको टोटेनहम हटस्परसँग अंक बराबरी गर्ने मौका गुमाएको युनाइटेड ३३ खेलबाट ५४ अंक जोडेर छैटौं स्थानमा यथावत रहेको छ ।
प्रतिक्रिया