
काठमाडौं । काठमाडौं उपत्यकामा एक साताका लागि निषेधाज्ञा लम्ब्याइने भएको छ । काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा समितिको बुधबार बसेको बैठकले उपत्यकामा भदौ १७ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले काठमाडौं उपत्यकामा भदौ १७ गतेसम्म अत्यावश्यकबाहेकका सेवा तथा व्यवसायहरु बन्द गर्ने निर्णय गरिएको जानकारी दिएका छन् । यसअघि भदौ ३ को मध्यरातदेखि जारी गरिएको निषेधाज्ञा बुधबार मध्यरातिबाट सकिँदै छ ।
कोरोना संक्रमितको दर दैनिक बढिरहेको भन्दै मंगलबार काठमाडौं उपत्यकाका मेयरहरुले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई निषेधाज्ञा लम्ब्याउन सुझाव दिएका थिए ।
संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) अनुसार जिल्ला सुरक्षा समितिको निर्णय अनुसार प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञा जारी गर्ने अधिकार छ ।
प्रतिक्रिया